प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
माघ २०८०
पूर्व प्रहरी कर्मचारीसंग अन्तरक्रिया तथा पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्कको सुरूवात
२०८०-१०-२२

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा पूर्व प्रहरी कर्मचारीहरू संग अन्तरक्रिया तथा पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्कको सुरूवात सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकज्यू, प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यू, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू, बागमती प्रदेश पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी निरीक्षक रित बहादुर खाती क्षेत्रीज्यू, मकवानपुर जिल्ला पूर्व प्रहरी संगठनका अध्यक्ष लगायत पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारीज्यू, पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व प्रहरी संगठनका पदाधिकारीज्यूहरूले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूलाई स्वागत गर्नु भएका थिए । बागमती प्रदेश प्रहरी प्रमुखज्यूले पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्क (कोठा) को चाँबी बागमती प्रदेश पूर्व प्रहरी संगठनका अध्यक्षज्यूलाई हस्तान्तरण गर्नु भई कार्यक्रममा उठेका जिज्ञासाहरूको सम्वोधन समेत गर्नु भएको थियो । 

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-२२

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-५, आईटी पार्क स्थित पनौती बनेपा सडक खण्डमा प्रहरी चौकी पनौतीबाट खटिएको चेकिङ टोलिले सवारी चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडी चेकजाँच गर्दा उक्त गाडीमा अप्रशोधित गाँजा प्लाष्टिकको विभिन्न साईजको ७३ बोरामा २८५ किलोग्राम फेला परेको हुदाँ गाडी सहित उक्त गाडीमा सवार जिल्ला नुवाकोट, बिरकोट नगरपालिका-११ घर भई हाल काठमाण्डौं बालाजुमा डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, जिल्ला रामेछाप, रामेछाप नगरपालिका-८, घर भई हाल काठमाण्डौं बालाजु डेरा गरी बस्ने २० वर्षीय संजिब तामाङ र सोही ठेगाना घर भई सोही ठेगाना बस्ने ५३ वर्षीया बिमला तामाङलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश प्रदेश तालिम केन्द्र दुधौली, सिन्धुली तथा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको निरीक्षण तथा निर्देशन सम्बोधन ।
२०८०-१०-२१

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्र.ना.म.नि.ज्यूबाट तालिम केन्द्रको समग्र कार्य संचालनको अवस्था, अभिलेखिकरण, मेस, कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण आचरण व्यवहार, प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि कार्यक्रमहरू लगायत दिइएको जिम्मेवारी त्रुटि रहित ढङ्गबाट सम्पादन गर्नु पर्ने विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएको थियो ।              साथै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूबाट जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहत कार्यालयका प्रमुख समेत उपस्थित प्रहरी कर्मचारीहरुलाई संगठनको नीति र निर्देशन अनुसार आफ्नो ज्ञान, वुद्धि र विवेकको सहि प्रयोग गरी नागरिक मैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन सम्बोधन गर्नु भएको थियो ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१८

सिन्धुली, कमलामाई नगरपालिका-६, माझिटार चेकपोष्टमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट काठमाण्डौं तर्फ आउँदै गरेको बा ७७ प ९७७ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला सुनसरी, बराहा नगरपालिका-३ बस्ने २९ वर्षीय खगेन्द्र बुढाथोकीले बोकेको पर्सबाट ०.११० ग्राम, मोटरसाईकलको फिल्टर भित्र लुकाई छिपाई कालो प्लाष्टिकमा राखेको प्लाष्टिक सहित ८.४३० ग्राम र प्लाष्टिक बाहेक ६.५३० ग्राम खैरो हिरोईन जस्तो पदार्थ पेला परेकोले उक्त लागु औषध सहित मोटरसाईकल र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट बिराटनगर तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख.०४५३ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सर्लाही, बागमती नगरपालिका-१२, बस्ने वर्ष अन्दाजी १९को निशान गोलेले सिट मुनी लुकाई छिपाई राखेको कालो रङको झोला शंका लागी चेकजाँच गर्दा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी १० किलोग्राम फेला परेको हुदाँ उक्त बसमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-६ बस्ने अन्दाजी २८ वर्षीय ठाकुर बहादुर प्रजालाई समेत संका लागी लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिराटनगर तर्फ जाँदै गरेको मे.१.ख.३१७१ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-२, बस्ने अन्दाजी ४४ वर्षीय जगत बहादुर थोकरले बोकेको झोला शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लुकाई छिपाई राखेको लागुऔषध गाँजा अन्दाजी ५ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणघाटबाट धरानतर्फ जाँदै गरेको को १ ख ७९१४ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सिराहा, करजनहा नगरपालिका-८ बस्ने अन्दाजी ४२ वर्षीय राम सागर राउतले बोकेको झोला शंका लागी चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी ५ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

विभिन्न स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, गुरुङ चोक बस्ने ४० वर्षीया चिनि मायाँ तामाङ (गुरुङ) आफ्नै घर भित्र रहेको शौचालयमा फलामको डण्डिमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-२३, नयाँबस्ती बस्ने ५४ वर्षीय कृष्ण बहादुर बि.क. आफ्नै घर बाहिर रहेको कटहरको रूखमा नाईलनको डोरीको पाँसो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रेपलाञ्चोक,  भुम्लु गाउँपालिका-५, बस्ने अन्दाजी ५५ वर्षीय भिम प्रसाद लामा घर देखि अन्दाजी ४०० मिटर उत्तर तर्फ आफ्नै बारीको बकाईनाको रूखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५,  रातोमाटे पिपल चौतारा स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमो गाडिलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडिको सिट नम्बर ८ मा सवार जिल्ला काठमाण्डौं, बागेस्वरी नगरपालिका-७, थलि बस्ने अन्दाजी २१ वर्षीय उमेश परियारलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने अन्दाजी १५ ग्राम (२ वटा सानो प्याकेट) फेला परेको हुदाँ लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

“बागमती प्रदेश प्रहरी गण, हेटौंडाको निरीक्षण तथा निर्देशन सम्बोधन”
२०८०-१०-०७

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालय मातहत बागमती प्रदेश प्रदेश गण हेटौंडाको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट निरीक्षण तथा अवलोकनको क्रममा गणको समग्र कार्य संचालनको अवस्था, अभिलेखिकरण, मेश, पेरिमिटर,  कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रभावकारी रूपमा संचालन तथा प्रहरी कर्मचारीहरूको आचरण व्यवहार, आन्तरिक शुद्धिकरण र प्रहरीको उत्प्रेरणा अभिवृद्धि लगायतको विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएको थियो ।  

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंज तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८४  नम्बरको यात्रुबाहक माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रो बसमा सवार देश भारत पश्चिम चम्पारन भाङगा थाना जिल्ला बेतिया घर भई हाल जिल्ला पर्सा, रङपुरटाडी स्थित मिठाई पसल संचालन गर्दै आएको अन्दाजी ४० वर्षीय जगु साह र संगै सवार देश भारत जिल्ला मझपपुर मिनापुर थाना मस्ताफा ग्राम बस्ने अन्दाजी ४० वर्षीया शाहिल देवीले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध अफिम जस्तो देखिने पदार्थ अन्दाजी १ किलोग्राम फेला पारी लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र.०१ -००१ ख ५८६८ नं.को यात्रु बाहक ईलोक्ट्रोनिक गाडिरोकी चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला तनहु व्यास नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३२ को बंम बहादुर बि.क.लाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको दुबै खुट्टाको घुडा मुनि र तिघ्रामा टेपले बेरेर लुकाई छिपाई राखेको लागुऔषध डाईजेपाम-२५ एम्पुल, फेनारगन-२५ एम्पुल र नुफिन-२५ एम्पुल फेलापारी सोहि गाडीमा सवार जिल्ला नवलपरासी देवचुली नगरपालिका-७, बस्ने वर्ष अन्दाजी ३० को अर्जुन बि.क.को कम्मरको भागमा लुकाई छुपाई राखेको लागुऔषध डाईजामाप–६ एम्पुल, फेनारगन-६ एम्पुल, नुफिन-६ एम्पुल फेला परेको थियो । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-०३

धादिङ, गजुरी गाउँपालिका-१, गजुरी बजार स्थितमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ जाँदै गरेको  बा. प्र. ०३-००१ ख १९६४ नम्बरको यात्रु बाहक बसलाई रोकी बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-६, गेदेबिसौना बस्ने अन्दाजी ३२ वर्षीय रबि भण्डारी, सोही ठेगाना बस्ने अन्दाजी वर्ष १९ को प्रेम अधिकारी र सोही ठेगाना बस्ने अन्दाजी वर्ष १८ को प्रमोद अधिकारीलाई शंका लागी बसबाट झारी चेकजाँच गर्ने क्रममा निजहरुको साथमा रहेको ३ वटा झोलाबाट अन्दाजी १४ किलोग्राम लागुऔषध गाँजा फेला पारी लागु औषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य  भईरहेको छ ।

विभिन्न स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-१०-०३

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-७ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८, पुलबजार स्थित डेरा गरी बस्ने २५ वर्षीया अस्मिता गुरुङ आफ्नै कोठाको झ्यालको रेलीङमा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा निजको श्रीमानले देखी तत्काल पासो काटी उपचारको लागी सिरमेमोरीयल अस्पताल लगेकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । सिन्धुली, मरीण गाउँपालिका-१, सुंगुरे बस्ने अन्दाजी ३६ वर्षीय खुन बहादुर ठाडामगर आफ्नै घरको काठको बलोमा नाम्लोको डोरी पासो लगाई झुण्डिएको अवस्थामा मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, तिनपाटन गाउँपालिका-७, तोश्रामखोला बस्ने अन्दाजी २६ वर्षीया मैया परियार माटो ढुङ्गाले बनेको जस्ताको छानो भएको २ तल्ले कच्ची आफ्नै घरको काठको कोरामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-७, अमरमार्ग स्थितमा अण्डरग्राउण्ड बिद्युतको साईड म्यानेजरको रूपमा कार्यरत जिल्ला नुवाकोट स्थायी घर भएका २३ वर्षीय पुकार कडेलले आफु सुत्ने कोठाको पङ्खामा गलबन्दीको पासो लागाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यू द्धारा पदभार ग्रहण तथा निर्देशन कार्यक्रम
२०८०-१०-०२

तालुक नेपाल सरकार गृह-मन्त्रालय ( माननीय मन्त्रीस्तर) को मिति २०८०।०९।२४ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालयबाट सरूवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण पश्चात बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूले बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश प्रहरी गण हेटौडा, नेपाल प्रहरी सुरक्षा प्रहरी गण रातोमाटे, बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौडाका कार्यालय प्रमुख सहित उपस्थित सिनियर प्रहरी अधिकृत , जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनु भएको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<